Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

हिउँदे अधिवेशनको पहिलो दिन: बैठक सुरु हुनासाथ रास्वपाले गर्‍यो अवरोध (लाइभ)

संघीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार) बाट सुरु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक सुरु हुनासाथ रास्वपाले बैठक अवरोध गरेको हो ।  

हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बसेको हो 

विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने छन् । अधिवशेन सुरु भएको दिन भएकाले यसअघि जस्तै दलीय आधारमा सदस्यहरुले आ–आफ्नो मन्तव्य राख्ने संसद सचिवालयले जनाएको छ ।