Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

निलम्बन फुकुवाको आग्रहसहित रवि लामिछानेले भेटे सभामुख घिमिरे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबार पुगेका छन् । घिमेरेलाई भेट्न शुक्रबार लामिछाने सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा गएका हुन् ।

आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ। बैठकको मुखमा लामिछानेले सभामुखलाई भेटेका हुन् । सहकारी ठगी प्रकरणमा कास्की अदालतमा मुद्दा दायर भएपछि ०८१ पुस ८ मा लामिछाने सांसद पदबाट निलम्बित भएका हुन् । प्रमुख सचेतक सन्तोष परियारसहितको टोली संसद् सचिवालय पुगेर सभामुख देवराज घिमिरेलाई भेटेका उनको सचिवालयले जनाएको छ ।

2.jpg

रास्वपा सभापति तथा निलम्बित सांसद रवि लामिछाने पनि सभामुखलाई भेट्न संसद् सचिवालय पुगेका छन् । रास्वपा सांसदहरू सभापति लामिछानेको सांसद पद निलम्बन फुकुवा गरिदिन मागसहित पत्र लिएर सभामुख घिमिरेकहाँ पुगेका हुन् ।

475681238_4250785138475291_866567782738856970_n.jpg

रास्वपाका एक सांसदले सभापतिलाई सांसदबाट गरिएको निलम्बन फुकुवाको आग्रहसहित आफूहरू सभामुखकहाँ पुगेको जानकारी दिएका छन् । २०८० वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा दोस्रो पटक प्रतिनिधिसभामा निर्वाचित लामिछाने गत पुस ८ गतेदेखि सांसदबाट निलम्बित अवस्थामा छन् । 

3.jpg