Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

संघीय संसदको हिउँदे अधिवेशन आजदेखि सुरू, साढे ४ महिनापछि संसदका दुवै सदनको बैठक बस्दै

संघीय संसदको हिउँदे अधिवेशन आजदेखि सुरू हँदैछ। बर्खे अधिवेशन सकिएको साढे ४ महिनापछि हिउँदे अधिवेशन शुक्रबारदेखि सुरू हुन लागेको हो।

यसअघि संसदको बर्खे अधिवेशन गत भदौ अन्तिममा अन्त्य भएको थियो। साढे चार महिनापछि सुरू हुन लागेको संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ। यसबीचमा भएका  विभिन्न राजनीतिक घटनाक्रमहरूका कारण आजबाट सुरू हुने बैठकलाई विशेष चासोका साथ हेरिएको छ।

यसबीचमा सरकारले विभिन्न कानुनहरूलाई संशोधन गर्नका लागि अध्यादेश जारी गरेको थियो। ती अध्यादेशहरू प्रतिनिधि सभाको पहिलो बैठकमा पेस गर्नुपर्नेछ। सत्तापक्ष दलहरूले अध्यादेशको पक्षमा एकढिक्का हुन सांसदहरूलाई निर्देशन दिएको छ भने विपक्षी दलहरूले यसको विरोध जनाउने निर्णय गरेको छ।
प्रतिनिधि सभा बैठकका लागि ९ वटा कार्यसूची छन् भने राष्ट्रिय सभा बैठकका लागि ७ कार्यसूची छन्। प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सुरूमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोर पढेर सुनाउनेछन्। त्यसपछि राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। सभामुख घिमिरेले नै प्रतिनिधि सभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्नेछन्।

बैठकमा दलीय आधारमा शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्। त्यसपछि अध्यादेशहरू पेस हुने र सभामुखले शोक प्रस्ताप प्रस्तुत गर्ने कार्यसूची छ। राष्ट्रिय सभा बैठकमा पनि सुरूमा अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको ब्यहोरा जानकारी गराउनेछन्।

त्यसपछि अध्यक्षले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोर जानकारी गराउनेछन्।

त्यसपछि अध्यक्षले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने र कार्यसूचीमा प्रदेश गर्नेछ।

राष्ट्रिय सभा बैठकमा पनि अध्यादेशहरू पेस हुनेछन्।