Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीहरुसँग भेटपछि प्रचण्डले के भने?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरूको ऊर्जा समाजको अग्रगामी रुपान्तरणका लागि सही ढङ्गले प्रयोग हुनुपर्ने बताएका छन्।

अखिल (क्रान्तिकारी)का नवनिर्वाचित पदाधिकारीहरुले आज उनको निवास खुमलटारमा गरेको भेटमा अध्यक्ष प्रचण्डले युवाहरू शैक्षिक आन्दोलनको अगुवाई र राजनीतिक आन्दोलनको सेवामा सही ढङ्गले प्रयोग हुनसके देशको मुहार फेरिने बताए।

475536097_1136930144464047_3557323148438363836_n.jpg

भेटमा अध्यक्ष प्रचण्डले भने, “आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित युवाको ऊर्जा नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि शैक्षिक आन्दोलनको अगुवाई र राजनीतिक आन्दोलनको सेवा गर्न सही ढङ्गले प्रयोग हुने विश्वास लिएको छु।”

उनले  सम्पुर्ण निर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै देश विकास, समाज रूपान्तरण र सुशासनका पक्षमा लाग्न तथा गलत क्रियालापविरूद्ध उत्रिन आह्वान गरे। 

माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा विजय सापकोटा, महासचिवमा रोशन थापा मगर, कोषाध्यक्ष फूलमाया राना मगरसहितको केन्द्रीय समिति निर्वाचित भएको थियो।