Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रास्वपाले अध्यादेशविरुद्ध अस्वीकार प्रस्ताव ल्याउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा अध्यादेशविरुद्ध अस्वीकार प्रस्ताव ल्याउने भएको छ। आज बसेको सचिवालय बैठकले सरकारले भर्खरै ल्याएको विधेयकको विरूद्वमा अस्वीकार प्रस्ताव ल्याउने निर्णय गरेको हो। ‘संसद्को हिउँदे अधिवेशनमा जाँदा सरकारले सदनलाई छलेर अध्यादेश ल्याउने काम गरेको छ । सदनमा विचाराधीन विधेयकलाई समेत गरी ६ वटा अध्यादेश पेस गरेको छ । ती अध्यादेश अस्वीकारको प्रस्ताव गर्ने निर्णय गरेको छ, प्रमुख सचेतक सन्तोष परियारले भने ।

यस्तै बैठक पार्टी सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्ने निर्णयको पनि संसदमा विरोध गर्ने निर्णय भएको छ । प्रतिशोध साँधेर सभापति लामिछानेको पद निलम्बन गरिएको रास्वपाको ठहर छ । त्यस्तै बैठकले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकारका सम्बन्धमा देखिएको विवादका क्रममा भएको झडपको भर्त्सना गर्दै पीडितहरूलाई न्याय दिन समेत माग गरेको छ ।

प्रमुख सचेतक परियारले भने, ‘मुख्य गरी दुई र विविधमा दुई वटा गरी चार वटा निर्णय गरेका छौँ । संसद्को हिउँदे अधिवेशनमा जाँदा सरकारले सदनलाई छलेर अध्यादेश ल्याउने काम गरेको छ । सदनमा विचाराधीन विधेयकलाई समेत गरी ६ वटा अध्यादेश पेस गरेको छ । ती अध्यादेशको अस्वीकारको प्रस्ताव गर्ने निर्णय गरेको छ ।

सरकारले राजनीतिक प्रतिशोधका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण समेतको मुद्दा हालेर सांसद पद निलम्बन गरेको छ । प्रतिनिधि सभा नियमावलीको विरुद्ध भएको ठहर गर्दै विरोध गर्ने निर्णय गरेको छ । सभापति माथि साँधिएको राजनीतिक प्रतिशोधको विरोध गर्ने,सहकारी र अर्थतन्त्र, असन्तुलित परराष्ट्र नीति र सत्ता समीकरणको सात बुँदा विरोध गर्ने निर्णय गरेको छ ।’

उनले भने, ‘सरकारले ल्याएको नयाँ धितोपत्र बोर्डको अवधारणाको सैद्धान्तिक विमति होइन । तर नेप्सेलाई नै पुनर्संरचना गर्नुपर्छ । क्षमता बढाउनु पर्नेमा व्यक्ति विशेष र स्वार्थ समूहका लागि नयाँ स्टक एक्सचेन्ज ल्याउने निर्णय गरेको छ । विरोध गर्ने निर्णय भएको छ। ताप्लेजुङको पाथीभरामा जुन केबलकार राख्ने विषयमा स्थानीय प्रशासन र स्थानीय बासीबिचको झडपको रास्वपाले भर्त्सना गर्ने निर्णय गर्दछ । राज्यबाट भएको ज्यादतीको विरोध गर्दछौँ । न्याय दिन सरकारसँग आग्रह गर्दछौँ ।’