Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

पाथीभरा केबलकार निर्माण विवादबारे आफ्नो धारणा राख्न पत्रकार सम्मेलन गर्दै योगेश भट्टराई

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले आज पत्रकार सम्मेलन गरेर पाथीभरामा केबलकार विवादबारे आफ्ना धारणा राख्ने भएका छन् । 

उनले आज मध्यान्ह १२ बजे काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा पत्रकार सम्मलेन गरेर पाथीभरामा केहीदिन यता घटेका घटना र केबलकार निर्माणका सन्दर्भमा आफ्नो धारणा र सुचनाहरू सार्वजनिक गर्दैछन् ।


उनले फेसकूकमा लेखेका छन्, ‘ताप्लेजुङ जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीयस्थल पाथीभरामा केहीदिन यता घटेका घटना र केबलकार निर्माणका सन्दर्भमा मेरा धारणा र सुचनाहरू पत्रकार मित्रहरूमार्फत सार्वजनिक गर्दैछु । त्यसका लागि माघ १६ गते अपराह्न १२ बजे बागबजारको होटल हार्दिकमा सञ्चारकर्मी मित्रहरूलाई हार्दिक आमन्त्रण गर्दछु ।’

पाथीभरा मन्दिरमा केबलकार निर्माण थालेपछि पहिचान पक्षधरहरूको विरोधका कारण केहीदिनयता काफ्लेपाटी क्षेत्र अशान्त रहेको छ ।