सचिवमा उपरकोटी र राईलाई सर्वाधिक मत
नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया राना मगर (खुशी) विजयी भएकी छन् ।
विश्वविद्यालय र उपत्यका विशेषको बुधवार सम्पन्न मतगणनामा फूलमायाले ५९६ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । यस्तै खुला सचिवमा सम्झना राई, प्रेम जैसी (मामा), वीरेन्द्र जिसी, शिशिर बस्याल निर्वाचित भएका छन् । राईले खुलातर्फको सचिवमा सर्वाधिक मत ५४५ ल्याएकी छन् । जैसीले ५११, जिसीले ३९२ र बस्यालले ३७२ मत प्राप्त गरेका छन् ।
यस्तै सचिव छात्रातर्फ तिर्सना आलेमगर ४९८ मतसहित निर्वाचित भएकी । समकृति पुन ५२९ मत ल्याएर विजयी भएकी छन् । यस्तै सचिव जनजातितर्फ अर्टिष्ट मोक्तान ४१५ मत ल्याएर विजयी भएका छन् भने सचिव दलिततर्फ आशा उपरकोटीले सर्वाधिक ७४६ मत ल्याएर विजयी भएकी छन् ।
समग्र सचिवमा उपकोटी नै सर्वाधिक मत ल्याएर निर्वाचित भएकी छन् । यस्तै सचिव मधेसीमा ४६० मत प्राप्त गर्दै अमर मण्डल, सचिव खस आर्यमा ६१४ मत प्राप्त गदै जितेन्द्र भण्डारी र सचिव सहिद सन्ततितर्फ युन्छो हाङ मावो ५१० मत प्राप्त गर्दै निर्वाचित भएका छन् । अरु पदको मत गणना जारी छ ।