Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज पनि ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो?

नेपाली बजारमा केहि दिनदेखि ओरालो लागिरहेको सुनको भाउ फेरि उकालो लागेको छ । 

नेपाली बजारमा आज बुधबार सुनको मूल्य भारी वृद्धि भएको छ । सुन एक हजार चार सय रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

आज सुन प्रतितोला एक लाख ६० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै चाँदी पनि केही बढेर एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । मंगलबार चाँदी एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।