Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

पूर्वराजा ज्ञानेन्द्रले गरे तौलेश्वरनाथ मन्दिरमा पूजा

पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको तौलिहवा स्थित ऐतिहासिक तौलेश्वरनाथ महादेव मन्दिरमा पूजा गरेका छन् ।

उनी मंगलबार दिउँसो साढे ३ बजे मन्दिर पुगेर करिब २० मिनेटसम्म पूजा गरेका हुन् । पूजा कार्यक्रममा मन्दिरका प्रमुख पुजारी दुर्गेश गोसाईको नेतृत्वमा स्वस्तिक पाठसहित विधिवत पूजा सम्पन्न गरिएको थियो।

मन्दिरको ऐतिहासिक पृष्ठभूमि र धार्मिक महत्त्वबारे मन्दिर व्यवस्थापन समितिले जानकारी गराएको थियो ।