Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

विप्लवलाई प्रचण्डको जवाफः म एकता नगरौं भन्नेवाला होइन

‘सरकारले ल्याएको अध्यादेश प्रतिगमनतिरको यात्रा’

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू समाजवादी मोर्चामा रहेका पार्टीहरुसँग छिटो एकता हुनुपर्छ भन्ने पक्षको भएको बताएका छन् । आज ९मंगलबार० समाजवादी मोर्चाले काठमाडौँमा आयोजना गरेको छलफल कार्यक्रममा सम्बोधन गर्दै उनले यसबारे प्रष्ट हुन आग्रह गरे ।

‘कहिलेकाहीँ कामरेडहरुले मलाई तोकेर प्रचण्डले नै अरुची गर्‍यो कि क्या हो एकतामा भन्ने गर्नुभाछ,’ उनले भने, ‘त्यो सत्य होइन । बरु म छिटो पार्टी एकता गरौँ भन्नेवाला हुँ, नगरौं भन्नेवाला होइन । यो कुरा प्रष्ट होस् कमरेडहरूलाई ।’ मोर्चामा रहेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरु पार्टी एकतामा प्रचण्डले नै अरुची देखाएको टिप्पणी गरेका थिए । प्रचण्डले पार्टी एकताको नाममा हतार भने गर्न नहुने र एकताअघि विचार र संगठनमा एकरुपता ल्याउनु पर्नेमा जोड दिए ।


‘सरकारले ल्याएको अध्यादेश प्रतिगमनतिरको यात्रा’
अध्यक्ष ‘प्रचण्ड’ ले गएको ६ महिनामा गरेको क्रियाकलाप हेर्दा सरकार गलत उद्देश्यले र अप्राकृतिक रुपले बनेको पुष्टि भएको बताएका छन् । उनले सरकार भ्रष्टाचारीहरुको रक्षाका निम्ति र सामाजिक अन्याय कायम गर्ने उद्देश्यद्वारा गठन भएको बताएका हुन् ।

उनले भने, ‘अहिले सरकारमा गएकाहरु कुनै देशको निम्ति सकारात्मक काम गर्ने उद्देश्यले होइन् । उनीहरु भ्रष्टाचारीहरुको रक्षा गर्नका निमित्त संविधानमा भएका प्रगतिशिल तत्वहरुलाई हटाउन र त्यसलाई प्रतिगामी स्वरुपदिने उद्देश्यद्वारा र सामाजिक न्याय कायम गर्न होईन अन्याय कायम गर्ने उद्देश्यद्वारा यो सरकार गठन भएको छ। र सरकारले आफै प्रतिवद्धता गरेको मान्यता विपरीत पनि गठन छ। त्यसैले सरकार, अप्राकृतिक, अलोकतान्त्रिक छ र सरकार आफैंमा गलत उद्देश्यले बनेको छ । गएको छ महिनामा सरकारले गरेको क्रियाकलापले त्यो देखाइरहेको पनि छ ।’

अध्यक्ष प्रचण्डले सरकारले अध्यादेश पनि बढो अलोकतान्त्रि र निरंकुश तरिकाले ल्याएको आरोप लगाए । अध्यादेश प्रतिगमनतिरको यात्राको पाईलाहरु नै हो भन्ने महसुस भएपछि तत्काल अधिवेशनको आह्वन गरेको उनले जानकारी दिए । उनले, विगतको लामो अनुभवबाट निर्मित संविधानमा भएका सकारात्मक परिवर्तनहरु उल्ट्याउने जमर्को भइरहेको उनको भनाइ छ । कहिले पटक–पटक संविधान मिचेर प्रतिनिधि सभा विगठन गर्ने नाममा त कहिले संविधान संशोधनको नाममा यो जनताको अधिकारहरू खोस्ने जर्मको भइरहेको उनले बताए ।