Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

कस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारकोे लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
आज गोलभेँडा ठूलो (भारतीय)न्यूनतम मूल्य ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ ।

यसैगरी सानो गोलभेँडा लोकल २०, रातो आलु ३५,सुकेको प्याज ६५, गाजर लोकल ४०, बन्दा लोकल १०, बन्दा तराई २०,स्थानीय काउली ०८, स्थानीय काउली ज्यापु १५,सेतो मुला लोकल १५, लाम्चो भन्टा २०, डल्लो भन्टा ३०, मटरकोशा ४०, घिउसिमी लोकल ५०, टाटे सिमी ३०, तितो करेला ९०, लौका ५० रुपैयाँ प्रतिकिलो बिक्री भएको छ ।

यस्तै, पाकेको फर्सी ४०, हरियो फर्सी लाम्चो १०, हरियो फर्सी डल्लो १०, भिण्डी ९०, सखरखण्ड ६०, बरेला ३०, पिडालु ८०, स्कूस ३०, रायो साग १०, पालुङ्गो साग ३०, चमसुरको साग ३०, तोरीको साग २०, मेथीको साग ३०, हरियो प्याज ४०, बकुला ६०, तरुल ८०, कन्य च्याउ ६०, डल्ले च्याउ २८०, ब्रोकाउली २०, बन्दा रातो ५०, जिरीको साग ६०, ग्याठ कोबी ८०, सेलरी ३००, पार्सले ७०० गान्टे मूला ७०,गुन्दुक २८०,तामा ९०,पुदीना ३००,इमली १५० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यसैगरी स्याउ (झोले) २४०, स्याउ(फूजी) २६०, केरा (दर्जन)१५०, कागती १५०, अनार ३५०, अंगुर(हरियो) २००, अंगुर(कालो) ३५०, सुन्तला(नेपाली) १२०, सुन्तला(भारतीय) ९०, काक्रो(लोकल) ११०, काक्रो(हाइब्रीड) ४०, निबुवा ४० , नासपाती(चाइनिज)  २३०, र मेवा(नेपाली) ४०,अम्बा १००,लप्सी ४०,किवी २००,आभोकाडो २००,अमला ६०,रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।