Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

हर्क साम्पाङको टिप्पणी – त्यो ठग हो !

धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले रास्वपा सभापति रवि लामिछाने लक्षित कडा टिप्पणी गरेका छन् । गएराति सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले रविको नाम नलिएरै भिजनबिनाको मान्छे नेता नभएर ठग हुने बताएका हुन् ।

रास्वपा सभापति लामिछानेलाई सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा छोड्न आदेश गरेको केही घण्टामा नै साम्पाङको यस्तो टिप्पणी गरे ।त्यसपछि उनले फेरि अर्को स्टाटसमा लेखेका छन्, ‘चोर, डाका, लुटेरा र ठगमध्ये कसलाई भोट दिने भनेर नेपाली अलमलमा परे, यता भीर उता खाडी भने जस्तो भयो !’ उनले यसमा कसैको नाम नलिएको भएपनि यो कुरा रवि लक्षित नै भएको अनुमान गर्न सकिन्छ ।

लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा रिहा भएका थिए भने काठमाडौंको स्वर्णलक्ष्मी सहकारी मुद्दामा पनि उनलाई माघ २ गते ६० लाख धरौटीमा रिहा गरिएको थियो । अब उनलाई चितवन र पर्सा लगिने छ ।