Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज सोमबार सुनचाँदीको भाउ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

हिजो सुन तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । 

यससँगै चाँदी तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । हिजो चाँदी तोलामा १ हजार ८८० रुपैयाँमा किनबेच भएको थियो ।