Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रास्वपाको सचिवालय बैठक आज बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ ।  बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ ।


बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्तावमा छलफल गर्ने कार्यसूची रहेको छ ।


रास्वपाका अनुसार सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम , स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता हुने सम्बन्ध, संसद अधिवेशन तथा सल्लाहकार परिषद र केन्द्रीय सङ्गठन विभागमा मनोनयन लगायत विषयमा छलफल हुने छ ।