Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

हेर्नुहोस् आज साताको पहिलो दिन तोलाको कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

नेपाली बजारमा गएको शुक्रबार बढेको सुनको मूल्य आज आइतबार घटेको छ । शुक्रबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको मूल्य आज तोलाको दुई सय रुपैयाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ ।

यसअघि, शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको थियो । यता, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १८ सय ६५ रुपैयाँ कायम भएको छ । 

यसअघि शुक्रबार चाँदीको भाउ प्रतितोला १८ सय ८० रुपैयाँ कायम रहेको थियो ।