Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

यी हुन् अखिल क्रान्तिकारीमा सचिवसहित निर्विरोध निर्वाचित १२० सदस्य (सूचीसहित)

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले केन्द्रीय सचिवसहित १२० सदस्य निर्विरोध निर्वाचित गरेको छ । केन्द्रीय सचिव मिरोज अहम्मद र विभिन्न प्रदेशबाट सचिवालय सदस्यहरू निर्विरोध भएका छन् ।

२३ औं सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन हुन नसक्दा अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान भएको हो । शनिबार सम्पन्न निर्वाचनमा अध्यक्षको दौडमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई र विजयप्रकाश शर्मा उम्मेदवार छन् ।


यो निर्वाचनबाट एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र एक कोषाध्यक्ष गरी ३३ पदाधिकारी, ४८ सचिवालय सदस्यसहित ३१२ जना चयन गर्नेछ । विवादका कारण मतगणना रोकिएको छ । निर्वाचन समितिका अनुसार केन्द्रीय सचिव मुस्लिमतर्फ मिरोज अहम्मद निर्विरोध निर्वाचित भए । प्रदेश १ बाट खुला सचिवालय सदस्यमा उमेश ढुंगाना, विश्वास राई, नवीन दाहाल, छात्रा सचिवालय सदस्यमा डोमा राई र समावेशी सचिवालय सदस्यमा विकास केरुङ निर्विरोध निर्वाचित भए ।

यस्तै मधेश प्रदेशबाट समावेशी सचिवालय सदस्यमा राजन झा, बामगती प्रदेशबाट छात्रा सचिवालय सदस्यमा सगुन सापकोटा, गण्डकी प्रदेशबाट खुला सचिवालय सदस्यमा साजन नेपाली, काशीराम पौडेल र सरण विक तथा छात्रा सचिवालय सदस्यमा अनु न्यौपाने तथा समावेशी सचिवालय सदस्यमा सदस्य कुमारी घले निर्विरोध निर्वाचित भएका छन्।

लुम्बिनी प्रदेशबाट छात्रा सचिवालय सदस्यमा वेनता बुढा र समावेशी सचिवालय सदस्यमा ताराबहादुर घर्तीमगर, कर्णाली प्रदेशबाट छात्रा सचिवालय सदस्यमा पार्वतीकुमारी सञ्ज्याल, सुदूरपश्चिम प्रदेशबाट छात्रा सचिवालय सदस्यमा गौरीकलाकुमारी रोका र समावेशी सचिवालय सदस्यमा सौरभ चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

उपत्यका विशेष प्रदेशबाट छात्रा सचिवालय सदस्यमा अस्मिता खत्री र रीना सापकोटा निर्विरोध निर्वाचित भए । केन्द्रीय समितिको लेखा आयोगको उपाध्यक्ष छात्रामा गायत्री सिंह निर्विरोध निर्वाचित भइन् । बाँकी १३ जना लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोगको सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

हेर्नुस् सूची