Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

अशोक लेल्यान्डले आईएमई ग्रुपसँगको सहकार्यमा  नेक्स्ट- जेन लेपावर जेनसेट गर्‍यो सार्वजनिक

कमर्सियल सवारी साधन र पावर सोर्लुसनको क्षेत्रमा परिचित कम्पनी अशोक लेल्यान्डले आईएमई ग्रुपसँगको सहकार्यमा नेक्स्ट_ जेन लेपावर जेनसेट सार्वजनिक गरेको छ।

लेपावर जेनसेटको आधिकारिक वितरकको रुपमा आईयमई इलेक्ट्रिक प्रालिले देशमा बढ्दै गएको ऊर्जा मागलाई पुरा गर्ने उद्देश्यका साथ अत्याधुनिक पावर सोलुसन उपलब्ध गराउने क्रममा लेपावर जेनसेट बजारमा ल्याएको छ।

उक्त अवसरमा नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्ष रवि सिंहले अशोक लेल्याण्डको सन्तुष्ट ग्राहकको नाताले लेपावर जेनसेट गेम चेन्जर बन्ने विश्वास लिएको बताए ।

अशोक लेल्यान्डका सार्क प्रमुख अमिताभ श्रीवास्तवले अशोक लेल्यान्ड इन्डियाले लेपावर जेनसेटका साथ नेपालको बजारमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै गइरहेको जानकारी गराए। आईएमई ग्रुपसँगको सहकार्यले विश्वनीयता र उत्कृष्टताका माध्यमबाट सहरी र औद्योगिक क्षेत्रमा ऊर्जा उपलब्ध गराउनका लागि यी जेनसेट उत्पादन तथा बिक्री वितरण गरिएको श्रीवास्तवले बताए। 

सो अवसरमा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै क्षेत्रमा गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउनमा आईएमई ग्रुप प्रतिबद्ध रहेको जानकारी गराए।  उनले ग्राहकलाई अतुलनीय सेवा र जेन्युइन स्पेयर पाट्स उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको बताए।