Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

लगातार बढिरहेको सुनको भाउ आज घट्यो, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा केहि दिनयता लगातार उकालो चढिरहेको सुनको भाउ आज बिहीबार भने ओरालो लागेको छ । हिजो एकै दिन १९ सय रुपैंयाँले बढेको सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा किनबेच भएको थियो । 

यस्तै, आज बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।