Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

एमसीसीको विरोध गर्नेलाई देउवाले भने–साँच्चीकै राम्रो रहेछ भन्ने अहिले सबैले देखे

सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले राम्रो भएको कुरा नागरिकले अहिले आएर बुझेको दावी गरेका छन् ।

आज (बुधबार) नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उनले यस्तो दावी गरेका हुन् । उनले एमसीसी पास गराउन पनि धेरै गाह्रो भएको स्मरण गर्दै अहिले आम नागरिकले सही रहेछ भन्ने कुरा बुझेको बताए ।

पास गराउने बेलामा धेरै ठूलो बिरोध भए पनि अहिले आएर साँच्चीकै राम्रो रहेछ भन्ने कुरा सबैले थाहा पाएको उनले बताए । उनले व्यापार गर्ने र उद्योग खोल्ने काम सरकारको नभएको भन्दै व्यापार व्यापारीले र उद्योग उद्योगपतिले नै खोल्ने बताए ।

सभापति देउवाले भने, ‘व्यापार गर्ने व्यापारीले नै हो, उद्योग खोल्ने उद्योगपतिले नै हो । सरकारले उद्योगपति र व्यापारी बन्ने कुरा पनि छैन । हाम्रो देश भारत र चीनको बीचमा छ । त्यसको असर पनि हामीलाई पर्दछ । प्रभावहरु हाम्रोमा पर्दछन् । एक पटक एमसीसी पास गर्ने बेलामा, एमसप्सी सही छाप गर्ने बेलामा धेरै ठूलो बिरोध भयो । पार्ल्यामेण्टबाट पास गराउन पनि धेरै गाह्रो भयो । अहिले सबैलाई थाहा भयो की त्यो साँच्चीकै राम्रो रहेछ भनेर । यसले नेपाललाई फाइदै गरेको छ, हानी गरेको छैन भनेर । यो ग्राण्टमा आएको हो, ऋणमा आएको होइन । त्यसले अहिले फाइदा गरिरहेको छ भन्नेकुरा सबैले देखे । राम्रो गरेको छ ।’