Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौंः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा पेन्सन दिने कानुनी व्यवस्था गर्न लागिएको घोषणा गरेका छन् ।

सशस्त्र प्रहरी दिवसको अवसरमा हल्चोकस्थित मुख्यालयमा आयोजित कार्यक्रममा उनले आफू गृहमन्त्री बनेदेखि नै सुरक्षा निकायको ऐन, कानून बनाउने कार्यमा जोड दिएको बताउँदै भने, ‘सशस्त्र प्रहरीका सम्पूर्ण अधिकृतदेखि जवानहरुको आवाजलाई समेटेर कानून बनाइएको छ ।’

कानुनमार्फत नै सशस्त्र प्रहरी जवानहरुले लामो समयदेखि माग राखेको १६ वर्षमा अवकाशमा जान पाउने सुविधाको व्यवस्था गरिएको उनले घोषणा गरे । ‘आज यो कुरा राख्न पाउँदा मलाई खुशीको अनुभूति भएको छ’, लेखकले भने । उनले सशस्त्र प्रहरीको विधेयकलाई केही दिनमै संघीय संसदमा दर्ता गर्ने तयारी रहेको समेत बताए ।