Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रधानमन्त्री ओली अस्वस्थ, एक्कासी के भयो?

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा सामान्य समस्या भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवारको पूर्व निर्धारित कार्यक्रमहरू रद्द गरेका छन् ।

चिसोका कारण घाँटीमा समस्या आएर ओलीको स्वर भासिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सोही कारण बुधवार हल चोकमा आयोजना भएको २४ औं सशस्त्र प्रहरी दिवसमा समेत प्रधानमन्त्री ओली सहभागी हुन नसकेको बताइएको छ ।

बुधवारका भेटघाटका कार्यक्रम समेत रद्द गरेर प्रधानमन्त्री ओली बालुवाटारमै आराम गरिरहेको बुझिएको छ । एमाले अध्यक्ष समेत रहेका ओली मंगलबार बेलुका पार्टीको सचिवालय बैठकमा सहभागी भएका थिए ।

राति अबेरसम्म काम गर्ने बानी भएका ओली चिसोलगायत कारण अस्वस्थ भएको बताइएको छ ।