Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सुनको भाउ एकैदिन १९ सयले बढ्यो, तोलाको कति पुग्यो?

आज सुन तोलाको एक हजार नौ सय रुपैयाँ बढेको छ ।

सुनको भाउ आज तोलामा एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५८ हजार एक सय रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर एक हजार आठ सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ७५ रुपैयाँ रहेको थियो ।