Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

क्रिकेटर सन्दीप जोरा सहायक हवल्दारमा बढुवा

सशस्त्र प्रहरी बलले क्रिकेटर सन्दीप जोरालाई बढुवा गरेको छ । २४ औँ सशस्त्र प्रहरी दिवशका अवसरमा जोरालाई जवानबाट सहायक हवल्दारमा बढुवा गरिएको हो । 

उनको विशेष बढुवा गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।विभागीय टोली एपीएफ क्लबबाट जोरा क्रिकेट खेल्ने गरेका छन् ।

यसैगरी सशस्त्र प्रहरीले चार जना महिला फुटबलरको पनि विशेष बढुवा गरेको छ ।