Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

एमालेको सचिवालय बैठक बस्दै, के–के छन् एजेण्डा?

सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज मंगलबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।


आजको बैठकमा एमाले प्रवेश गर्ने तयारीमा रहेका वामदेव गौतमकाबारेमा छलफल तथा निर्णय हुनेछ । आजको बैठकले गौतमलाई स्वागत गर्नुका साथै उनको जिम्मेवारीका बारेमा समेत छलफल गर्नेछ ।

यसका साथै समसामयिक राजनीति र संसदको दिउँदे अधिवेशनबारे छलफल हुने नेताहरुले बताएका छन् ।