Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

प्रभु बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कस्तो छ वित्तीय अवस्था?

प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेकाे छ । बैंकले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा प्रभु बैंकको नाफा बढेको छ । कको खुद नाफा ८५.४९ प्रतिशतले बढेर १ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।


अघिल्लो वर्षको यसैअवधिमा बैंकले ७२ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड कायम भएको छ भने बैंकको सञ्चालन नाफामा ४५.९५ प्रतिशतले बढेर २ अर्ब ५२ करोड भएको छ ।

बैंकको पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ छ । यसको जगेडा कोषमा १३ अर्ब ८७ करोड रुपैयाँ छ । यता, बैंकको खराब कर्जा भने ०.१६ प्रतिशत विन्दुले बढेर ५.०६ प्रतिशत कायम भएको छ ।

त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २३ पैसाले बढेर ११ रुपैयाँ ३५ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १४४.७९ रुपैयाँ छ ।