Jun 07 2026

Jun 07 2026 | आइतवार, जेठ २४ गते २०८३

स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न महासंघको आग्रह

सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन गराउन सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा आफ्ना सम्पूर्ण सदस्यलाई नेपाल उद्योग वाणिज्य महासंघले आग्रह गरेको छ।

नेपाल उद्योग वाणिज्य महासंघको आग्रहमा सरकारले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पारित भएको र यो निर्णय स्वागतयोग्य रहेको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको भनाइ छ ।


सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात व्यवस्थापन तथा उत्पादित वस्तुको बजार प्रवर्द्धन गर्न र सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई प्रभावकारी बनाउन ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका –२०८१’ जारी गरेको हो। सरकारको यो निर्णयवाट स्वदेशी उत्पादन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गर्दै महासंघले आफ्ना सबै सदस्यहरुमा सम्भव भएसम्म नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धन गर्न आग्रह गरेको हो ।