कृषि विकास बैंक लिमिटेडे आफ्नो ५८औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले फुटसल प्रतियोगितादेखि विविध कार्यक्रम आयोजना गरेको थियो ।
कृषि विकास बैंकले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको एडीबीएल कर्पोरेट फुटसल प्रतियोगिता १ माघदेखि ५ माघसम्म चलेको थियो । प्रतियोगितामा विभिन्न कर्पोरेट हाउसहरूको सहभागिता थियो ।
फुटसलमा महिलातर्फ कुल १० टिमको सहभागिता थियो । फाइनलमा महिलातर्फ आयोजक कृषि विकास बैंकले ग्लोबल आईएमई बैंकलाई पराजित गर्दै उपाधि जितेको छ । त्यस्तै पुरुषतर्फ भने ग्लोबल आईएमई बैंकलाई पराजित गर्दै एनआईएमबी बैंकले उपाधि जितेको छ ।
बैंकले ५८औँ वार्षिकोत्सवका अवसरमा शनिबार प्रभातफेरि कार्यक्रमको आयोजना गरेको थियो । उक्त प्रभातफेरीमा बैंकका कर्मचारीलगायतको उल्लेख्य सहभागिता रहेको थियो ।