Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

नेपाल एसबीआई बैंकको सीईओमा रामकुमार तिवारी नियुक्त

नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र प्रबन्ध सञ्चालकमा रामकुमार तिवारी नियुक्त भएका छन्। 

उनलाई भारतीय स्टेट बैंकले नेपालका लागि सीईओ बनाएको हो। उनलाई आज (माघ ३ गते) बसेको सञ्चालक समितिको ५२४ औँ बैठकले नेपालको एसबीआई बैंक हेर्नेगरी सीईओमा नियुक्त गरेको हो।  उनको कार्यकाल आजैबाट सुरु हुनेछ। यसअघि पनि उनी बैंकमा भारतीय स्टेट बैंककै प्रतिनिधि बैंकको सीईओ थिए। यसअघि दिपक कुमार दे सीईओको रुपमा बैंकमा थिए। 

उनको कार्यकाल हिजोबाट सकिएको छ। कार्यकाल सकिएसँगै उनलाई भारतीय स्टेट बैंकले फिर्ता बोलाएको छतिवारी १७ वर्षदेखि भारतीय स्टेट बैंक अफ इन्डियामा कार्यरत छन्। उनी हाल उक्त बैंकको जनरल म्यानेजर हुन्।