Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कतारका विदेश राज्यमन्त्रीलाई परराष्ट्रमन्त्रीको फोनः विपिनको रिहाइका लागि मागिन् सहयोग

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतारका विदेश राज्यमन्त्री महम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँग टेलिफोन वार्ता गरेकी छिन् । परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार बिहान भएको टेलिफोन वार्तामा राणाले हमासले बन्दक बनाएका विपिन जोशीको रिहाइका लागि कतारसँग सहयोग मागेकी थिइन्।

कतारले विपिन जोशीको रिहाइको विषयलाई वार्ताको बिन्दुको रूपमा राख्नका लागि काम गर्ने बताएको छ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले कतारका विदेश राज्यमन्त्री महम्मद बिन अब्दुलअजिज अल खुलाइफीसँग आज गरेको टेलिफोन वार्ताको क्रममा खुलाइफीले कतारले जोशीको रिहाइको विषयलाई आफ्नो वार्ताको बिन्दुको रूपमा राख्नका लागि काम गर्ने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालसँगको सम्बन्धलाई उच्च मूल्यांकन गरेको बताउँदै खुलाइफीले युद्धविरामका लागि वार्ता चलिरहेको र युद्धविराम हुनेमा पनि विश्वास व्यक्त गरे । आज बिहान टेलिफोन वार्तामा नेपाली आप्रवासी कामदारलाई विशेष ध्यान दिँदै नेपाल–कतार सम्बन्धका विषयमा छलफल भएको थियो ।