Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

महिनाको पहिलो दिन ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार?

लगातार बढिरहेको सुनको भाउ आज मंगलबार ओरालो लागेको छ । आज सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेर एक लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


हिजो सुनको भाउ तोलाको एक लाख ५५ हजार आठ सय रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेको छ । चाँदीको भाउ आज तोलाको एक हजार आठ सय २० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

हिजो चाँदीको भाउ एक हजार आठ सय ६० रुपैयाँ रहेको थियो ।