Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सरकारले मध्यरातमा ल्यायो अध्यादेश

सरकारले नयाँ तीनवटा अध्यादेश ल्याउने निर्णय गरेको छ । आज शुक्रवार राति बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको हो ।

जसमा सरकारको कार्यसम्पादन सरलीकरण गर्दै ७ दिनभित्र निर्णय गर्नुपर्ने व्यवस्था गरिएको छ । अध्यादेशमार्फत संशोधन हुने कानुनमा सरकारका कामको सम्पादन सरलीकरण ७ दिनभित्र नभए कारबाही हुने व्यवस्था गरिएको हो । 

त्यस्तै, सेवा प्रवाहमा नागरिक एप प्रयोगमा ल्याउनेगरी अध्यादेशमार्फत कानुन संशोधन हुने भएको हो ।