Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रवि छुट्दा बाबुराम पनि खुसी, भने, ‘अदालतको विवेकपूर्ण निर्णय’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटीमा रिहा भएकामा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि खुशी भएका छन् । आज शुक्रबार विहानै उनले सामाजिक सञ्जालमा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेको तस्वीर पोस्ट गर्दै लेखेका छन्, ‘अदालतको विवेकपूर्ण निर्णय ।’

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका रवि कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख धरौटी बुझाएर बिहीबार साँझ छुटेका हुन् । 

लामिछाने पोखराको हिरासतमा रहेका बेला डा. भट्टराई भेट्न समेत पुगेका थिए । आज उनी पोखराबाट काठमाडौँ फर्किने उनको सचिवालयले जनाएको छ ।