Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रधानमन्त्री ओली र राजेन्द्र लिङदेनबीच भेटवार्ता, के-के भयो कुराकानी?

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलेओलीसँग भेटवार्ता गरेका छन् ।


आज शुक्रबार बिहान सामाजिक सञ्जालमा भेटको एक तस्वीर पोस्ट गर्दै लिङ्देनले यसबारे जानकारी दिएका हुन् । उनले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते राप्रपाद्वारा भृकुटीमण्डपमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिने क्रममा प्रधानमन्त्री ओलीसँग भेट गरेको बताएका छन् । उनले सो भेट लामो समयपछि शुक्रबार साँझ गरेका हुन् ।

लिङ्देनले भेटका क्रममा विविध पक्षमा लामै कुराकानी भएको पनि उल्लेख गरेका छन् । पछिल्लो विकसित राजनीतिक गतिविधिका कारण लिङ्देन र प्रधानमन्त्री ओलीबीचको यो भेटलाई महत्वका साथ हेरिएको छ ।