Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रवि लामिछाने रिहा, काठमाडौंमा आफै उपस्थित हुने

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ८४ दिनपछि थुनामुक्त भएका छन् । उनलाई रिहा भए लगत्तै फेरि पक्राउ गर्ने तयारीबाट प्रहरी पछि हटेको छ ।

जिल्ला अदालत कास्कीले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । सो धरौटी बुझाएर रवि रिहा भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । उनी अदालतबाट आफ्नै गाडीमा निस्किने र अस्पताल जाने बताइएको छ ।

फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षणपछि उनलाई पार्टीको जिम्मा लगाइने प्रहरी स्रोतले बताएको छ । लामिछानेले ६५ लाखको बैंक जमानत बुझाएका छन् । उनीविरुद्ध काठमाडौंमा अर्को मुद्दा दायर भएको छ । रास्वपा कोषाध्यक्ष दीपक बोहराले सभापति लामिछाने आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने जानकारी दिए ।