Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति

 जिल्ला अदालत मोरङले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिवलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

मोरङ जिल्ला अदालतका न्यायाधीश पारशमणि पोखरेलको इजलासले पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेललाई पाँच दिन म्याद थप गरेको हो । ठगी आरोप लागेका पोखरेललाई आज बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अनिलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ ।

सो प्रकरणमा सोमबार मोरङ जिल्ला अदालतले उनलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । घुस प्रकरण बाहिर आएपछि अनिललाई लेखा समिति सभापति पोखरेलले हटाएका थिए ।