Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, के-के भयो कुराकानी?

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव वर्षमान पुन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता बेदुराम भुसाल लगायतका नेताहरूबीच छलफल भएको हो ।

सो क्रममा संयुक्त समाजवादी मोर्चा लगायतका विषयमा छलफल भएको नेताहरूले जनाएका छन् । त्यस्तै, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा पनि छलफल भएको बुझिएको छ ।