Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

साताको अन्तिम कारोबारका दिन घट्यो शेयर बजार, कतिको भयो कारोबार?

 साताको अन्तिम कारोबार दिन शेयर बजारको नेप्से परिसूचक १८.१४ अंक घटेको छ। विगतका ६ कारोबार दिन लगातार बजार बढेको थियो।

आजको गिरावटपछि नेप्से २६३५ मा कायम भएको छ। बजारको परिसूचक घट्दा कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ६ अर्ब ४० करोडको कारोबार भएकोमा आज ७ अर्ब ३० करोडको भयो।

५५ कम्पनीको मूल्य बढ्दा १८० को घट्यो भने ७ को स्थिर रह्यो ।