नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
बुधबारको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बुधबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ ।
चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।