Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

लक्ष्मी सनराइज बैंकको साधारण सभाबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित

लक्ष्मी सनराइज बैंक लिमिटेडको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारण सभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको छ ।