Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

कुमारी बैंकद्धारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

कुमारी बैंकले विराटनगर महानगरपालिका मोरङको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। युएसएडसँगको साझेदारीमा 'देशै भरी वर्षै भरी' उद्यमशिलता विकास एवं प्रवर्द्धनका लागि नियमितरूपमा बैंकले उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ।

वित्तिय ज्ञान, सिप, मनोवृत्ति तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरूपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनय सहितका सन्देशमूलक भिडिओहरू, सचेतनामूलक सन्देशहरू विकास गरी नियमितरूपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिकरूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।   

बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाईहरू मार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।