सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ वटा निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ।आज सूचना जारी गर्दै कार्यालयले विभिन्न आयोजनाको ठेक्का लिएर कामै नगर्ने निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण माग गरेको हो।
ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउनु अघि उनीहरुलाई अन्तिम मौका दिनको लागि यो सूचना निकालिएको हो। कार्यालयले स्पष्टीकरण पेस गर्न ३० दिनको समय दिएको छ। यो अवधिमा स्पष्टीकरण पेस नभए वा किन काम गर्न नसकिएको कारण चित्तबुझ्दो नभएमा ठेक्का तोडिने कार्यालयले जनाएको छ।
कार्यालयले सोहन निर्माण सेवा, आबा कन्स्ट्रक्सन, आरएसए कन्स्ट्रक्सन, एसएम कन्स्ट्रक्सन, मनकामना सप्लार्यस, बीएण्डबी स्टार कन्स्ट्रक्सन, साइन हब, सनम निर्माण सेवा र निर्जरा निर्माण सेवालाई स्पष्टीकरणको मौका दिएको छ।
यस्तै, माडी कन्स्ट्रक्सन, न्यु चौधरी टेडर्स, आदिमी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, प्रबल कुशल निर्माण सेवा, रामेछाप माझी कन्स्ट्रक्सन, कमल कन्स्ट्रक्सन, राज कन्स्ट्रक्सन, एसियन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सल्टटेन्सी र राना फर्निचर समिल उद्योगलाई पनि स्पष्टीकरण सोधिएको छ।