Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

हेर्नुहोस् आज कतिमा हुँदैछ सुनको कारोबार?

नेपाली बजारमा तीन दिनयता सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो ।आइतबार र सोमबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने केही बढेको छ। महासंघका अनुसार सोमबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मङ्गलवार भने बढेर १ हजार ८३० रुपैयाँ कायम भएको हो ।