Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

भूकम्पबाट सचेत रहन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सचेत रहनका लागि सबैलाई आग्रह गरेका छन्।


हिजोआज विभिन्न भागमा साना-ठूला भूकम्पका धक्का आइरहेको उल्लेख गर्दै यसबाट सबै सतर्क र सुरक्षित रहन आग्रह गरेका हुन्।

‘शुभ बिहानी! हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन्। सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला,’ मंगलबार बिहान समाजिक सञ्जालमा प्रधानमन्त्री ओली लेख्छन्।

आज बिहान ६ बजेर ५१ मिनेटमा ७ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार नेपाल र चीनको सीमानाको दिंगे क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको हो।

काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङलगायतका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको थियो।