Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

शिक्षामन्त्रीले भेटेपछि शैक्षिक क्षेत्र सुधारका लागि धर्नामा रहेका नेत्र चापागाईंले धर्ना तोडे

शैक्षिक क्षेत्र सुधारको माग गर्दै माइतीघरमा उभिएर धर्नामा रहेका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले शिक्षामन्त्री विद्या भट्टराईसँग भेटपछि धर्ना तोडेका छन्।

९ दिनदेखि उभिएर धर्नामा रहेका चापागाईंको स्वास्थ्य अवस्था बुझ्न र संवाद गर्न सोमबार शिक्षामन्त्री विद्या भट्टराई र प्रतिनिधि सभाको शिक्षा समितिका सभापति अमरबहादुर थापा माइतीघर पुगेका थिए।

सभापति थापाले पुस अन्तिम साता (२४ वा २५ गते) बस्ने समिति बैपठकमा चापागाईंलाई बोलाएर उनको मागबारे थप छलफल गरेर समाधान निकाल्ने बताए ।  मन्त्री भट्टराईले उनका मागहरू पूरा गर्न सरकार सकारात्मक रहेको आश्वासनपछि चापागाईंले धर्ना स्थगित गरेका हुन्।  

काठमाडौंमा धर्ना दिनुअघि उनले सातै प्रदेशका विभिन्न ठाउँमा दुई/दुई दिन उभिएका थिए।