Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

काठमाडौं उपत्यकाको जनमत बढाउन प्रचण्डले गरे १३ एजेण्डा प्रस्ताव

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं उपत्यकाको जनमत बढाउन १३ एजेण्डा अघि सारेका छन् ।

काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा दाहालले ठमाडौं उपत्यकाको जनमत बढाउन १३ एजेण्डा प्रस्ताव गरेका हुन् । प्रचण्डले १३ एजेण्डासहित एक वर्षको उपत्यका विशेष अभियान कार्यक्रम सञ्चालन गर्ने पनि योजना प्रस्तुत गरेका छन् ।


यस्ता छन् प्रचण्डका १३ एजेण्डा

१. उपत्यकाको ऐतिहासिक पुरातात्विक सांस्कृतिक महत्वको व्यक्तित्व, संस्था र सम्पदाहरुको सम्मान र जगेर्ना ।

२. व्यवस्थित सहरीकरण र बसोबास ।

३. पराम्परागत सम्पदा, सांस्कृतिक धरोहर र संस्कृति रक्षासहितको विकास ।

४. फोहोर व्यवस्थापन र पर्यावरणको रक्षा ।

५. खानेपानी र ढल निकासको व्यवस्था ।

६. बागमती सभ्यताको विकास ।

७. उपत्यकाका मूल बासीहरु माथिको उत्पीडन ।

८. सार्वजनिक यातायातको व्यवस्थापन ।

९. नदी किनारका वस्तीहरुको व्यवस्थापन ।

१०. सुकुम्बासी समस्या ।

११. दैनिक सेवा प्रवाहको समस्या ।

१२. स्वबासी एवं सामुदायीक गुठीहरुको समस्या।

१३. हरियाली मनोरञ्जन पार्क।