Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

आज तोलाको कतिमा हुँदैछ सुन चाँदीको कारोबार?

नेपाली बजारमा आज सोमबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।

आइतबार प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।