मधेश केन्द्रित दलहरुबीच मोर्चाबन्दीका लागि जनमतले तोक्यो दुई सदस्य जनमत पार्टीले मधेश केन्द्रित दलहरुबीच मोर्चाबन्दीको संवादका लागि समिति गठन गरेको छ।
आज सोमबार जनमतले एक विज्ञप्ति जारी गर्दै दुई सदस्यीय समिति गठन गरेको जानकारी दिएको हो । जनमतका केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलका अनुसार केन्द्रीय उपाध्यक्ष अब्दुल खान र प्रवक्ता शरदसिंह यादवलाई सदस्य तोकिएको छ ।
आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय समितिको निर्णयअनुसार सदस्यहरू तोकिएको हो । संविधान संशोधनका विषयलाई लिएर धारणा समान बनाउन भन्दै मधेस केन्द्रित दलहरूले मोर्चाबन्दी बनाउन लागेका छन् । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सात बुँदे सहमतिमा संविधान संशोधनका विषय पनि उल्लेख छ ।
