Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रविलाई छुटाउन आज सोविता गौतमले आज कास्की अदालतमा बहस गर्दै

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षबाट आज सोमबार सोविता गौतमलगायतका अधिवक्ताले बहस गर्दैछन् । कास्की जिल्ला अदालतमा सोमबार पूर्व गृहमन्त्री समेत रहेका रविलाई छुटाउन वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, रमण श्रेष्ठ र रास्वपा नेतृ समेत रहेकी अधिवक्ता गौतमले बहस गर्न लागेका हुन् ।

सात प्रतिवादीविरुद्ध जारी थुनछेक बहसमा आइतबारसम्म गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक पूर्व डीआईजी छविलाल जोशी तथा लीला पछाईका तर्फबाट बहस भएको छ । न्यायाधीश नितिज राईको इजलासमा जारी थुनछेक बहसमा जोशीका तर्फबाट ६ जना कानून व्यवसायीले वकालतनामा लेखाएका छन् ।

यसमध्ये वरिष्ठ अधिवक्ता शम्भु थापाको बहस सकिएको छ भने पाँच जनाको बाँकी छ । उनीहरूले बहस गर्न चाहेमा लामिछानेका तर्फबाट त्यसपछि मात्रै बहस शुरु हुने जिल्ला अदालतल कास्कीले जनाएको छ । लामिछानेपछि रामबहादुर खनाल, मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङका कानून व्यवसायीको बहस हुनेछ ।