Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

गर्भावस्थामा आउने स्ट्रेच मार्क हटाउन अपनाउनुहोस् यी उपाय!

गर्भावस्था एक सुन्दर अनुभव हो, तर यसमा केही कठिनाइ पनि आउँछन् । गर्भावस्था हुँदा आउने समस्या स्ट्रेच मार्कहरू पनि हो । छाला तानिनुका कारण यी निशानहरू हुन्छन् ।

जुन अधिकांश पेट, जाँघ र स्तनमा देखा पर्छन् । यदि तपाईंले समयमै केही उपाय अपनाउनुभयो भने यसबाट बच्न सकिन्छ । यहाँ हामी तपाईंलाई केही सजिला उपायहरू बताउँछौँ, जुन गर्भावस्थाको तेस्रो महिनादेखि नै अपनाउन सकिन्छ ।

छालालाई मोइस्चराइज राख्नुहोस्

गर्भावस्थाको समयमा तपाईंको छाला तन्किने हुन्छ, जसले स्ट्रेच मार्कहरू निम्त्याउन सक्छ । यसलाई रोक्न दैनिक आफ्नो छालालाई मोइश्चराइज गर्न महत्त्वपूर्ण छ । त्यस्ता क्रीम वा तेल छनोट गर्नुहोस्, जसमा भिटामिन ई, कोको बटर र एलोभेराजस्ता तत्त्वहरू हुन्छन् । यी तत्त्वले छालालाई नरम र लचिलो राख्छन्, जसले स्ट्रेच मार्कहरूको सम्भावना कम हुन्छ ।

पानी बढी पिउनुहोस्

पानी पिउनु तपाईंको छालाका लागि धेरै फाइदाजनक हुन्छ । यसले तपाईंको छालालाई हाइड्रेटेड राख्छ । यसर्थ, दैनिक कम्तीमा ८–१० गिलास पानी पिउनुहोस् ।

सन्तुलित आहार लिनुहोस्

तपाईंको आहारले पनि तपाईंको छालाको स्वास्थ्यमा प्रभाव पार्छ । गर्भावस्थाको समयमा भिटामिन सी, भिटामिन ई, जिंक र प्रोटिनले भरिएको आहार लिनुहोस् । यी पोषक तत्त्वहरूले तपाईंको छालालाई बलियो बनाउँछन् र यसलाई तन्किनबाट बचाउँछन् ।