Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

लक्ष्मी सनराइज बैंकको अगुवाइमा अप्पर मर्स्याङ्दी हाइड्रो बन्ने

लक्ष्मी सनराइज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र अप्पर मस्र्याङ्दी हाइड्रोपावर कम्पनी प्रालि बीच १०२ मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी–१ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको छ।

लमजुङ जिल्लाको मर्स्याङ्दी नदीमा निर्माण हुने यो आयोजनाको कुल लागत २१.४० अर्ब रुपैयाँ रहेको छ। आयोजनामा बैंकहरूले कुल लागतको ७४.७७ प्रतिशत (१६ अर्ब) लगानी गर्नेछन् भने बाँकी २५.२३ प्रतिशत रकम कम्पनीका प्रवद्र्धकहरूको लगानी रहनेछ।

आयोजनामा लक्ष्मी सनराइज बैंकको ७ अर्ब, ग्लोबल आइएमई बैंकको ६ अर्ब, र प्रभु बैंकको ३ अर्ब लगानी हुनेछ। अप्पर मर्स्याङ्दी–१ ले २०७५ साल पुस १० गते विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादन अनुमति लिएको थियो।

गत पुस ९ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता पनि सम्पन्न भइसकेको छ। आयोजना २०२९ सम्म निर्माण सम्पन्न भई वार्षिक ५८३.०३ गिगावाट आवर ऊर्जा उत्पादन गर्ने लक्ष्य राखिएको छ।